धनगढीः सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा बिहीबार हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेशभर १ हजार १ सय ७६ मतदान स्थल र २ हजार १ सय ९९ मतदान केन्द्रमार्फत १७ लाख १६ हजार ६ सय ६० मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्।
प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदानका लागि आवश्यक सबै सामग्री सम्बन्धित केन्द्रमा सुरक्षित रूपमा पुर्याइसकिएको छ। कार्यालय प्रमुख प्रेमराज भट्टले मतदान अधिकृत, कर्मचारी, मतपत्र र मतपेटिका सबै स्थानमा पुगिसकेको जानकारी दिए।
सुरक्षा संवेदनशीलताका आधारमा ४८१ मतदान स्थल र ९८५ मतदान केन्द्रलाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ भने ३९५ मतदान स्थल ‘संवेदनशील’ मानिएका छन्। ती स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको निर्वाचन कार्यालयले जनाएको छ।

बुधबारसम्म अधिकांश मतदान स्थलमा बुथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
.jpeg)
मतदान प्रक्रिया सहज बनाउन महिला, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि छुट्टाछुट्टै लाइन र बुथको व्यवस्था गरिएको छ। निर्वाचनमा खटिएका कर्मचारीहरू सम्बन्धित केन्द्रमा पुगिसकेको जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्