कैलाली ४ को मतगणना निर्वाचन अधिकृतको कार्यालयमै हुने

अत्तरिया: प्रतिनिधि सभा  निर्वाचन क्षेत्र नम्बर ४, कैलालीको मतगणना निर्वाचन अधिकृतको कार्यालय गेटामा हुने भएको छ। निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै मतगणना स्थल तोकिएको जानकारी दिएको हो।

जारी सूचनाअनुसार मतगणना कार्य निर्वाचन अधिकृतको कार्यालय, क्षेत्र नम्बर ४, गोदावरी नगरपालिका–५ मा सञ्चालन गरिनेछ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उत्तर–पूर्वतर्फ खेलमैदानसँगै जोडिएको भवन (सिद्ध बाबा माध्यमिक विद्यालय, गेटी नजिक) मा मतगणना हुने सूचनामा उल्लेख छ ।

निर्वाचन अधिकृत हरि प्रसाद आचार्यले सबै मतदान केन्द्रमा मतदान सम्पन्न भई मतपेटिका प्राप्त भएपछि मतगणना गरिने मिति र समय सार्वजनिक गरिने जानकारी दिएका छन्।

AD
AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार