आईसीसी टी–२० अल अलराउन्डर वरीयता सार्वजनिक, दीपेन्द्रसिंह पुरानै स्थानमा

काठमाडौं । आईसीसीले टी–२० आई अलराउन्डरको वरीयता सार्वजनिक गरेको छ । बुधबार (फागुन २०) सार्वजनिक गरिएको अद्यावधिक वरीयताअनुसार नेपालका दीपेन्द्रसिंह ऐरीले अघिल्लै चौथो स्थानमा यथावत् रहेका छन् । 

दुई साताअघि भारत र श्रीलंकामा आयोजित आईसीसी टी–२० विश्वकपलगत्तै सार्वजनिक भएको अद्यावधिक वरीयतामा छैटौँ स्थानबाट दुई स्थानको सुधार गर्दै ऐरीले चौथो स्थान हासिल गरेका थिए । बुधबार सार्वजनिक वरीयतामा उनी चौथो स्थानमै रहेका हुन् ।  

अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् रहँदा दोस्रोमा एक स्थान सुधार्दै भारतका हार्दिक पान्ड्या उक्लिएका छन् ।  

यसैगरी, पाकिस्तानका सायम अयुब तेस्रोमा झरेका छन् । चौथोमा दीपेन्द्रसिंह ऐरी, पाँचौँमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ रहेका छन् । 

al.JPG

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार