घरजग्गा कारोबार गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था हाललाई स्थगित

घरजग्गा कारोबार गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था हाललाई स्थगित गरिएको छ। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागले मंगलबार एक सूचना जारी गर्दै इजाजतपत्र प्राप्त कम्पनी तथा संस्थामार्फत हुने जग्गासम्बन्धी कारोबार अस्थायी रूपमा स्थगित गरेको हो। 

सोअनुसार इजाजतपत्र प्राप्त कम्पनी वा संस्थामार्फत गरिने जग्गा खरिद–बिक्री, लिखत दर्ता, नामसारी लगायतका कारोबार हाललाई स्थगित गरिएको छ।

विभागले सम्बन्धित सबै मालपोत कार्यालय, नापी कार्यालय, इजाजतपत्र प्राप्त कम्पनी तथा सेवाग्राहीलाई यस निर्णयको पालना गर्न अनुरोध गरेको छ।

मालपोत ऐन, २०३४ को अनुसार घरजग्गा कारोबार गर्न इजाजत लिनु पर्ने व्यवस्था बमोजिम गत असोजमा राजपत्रमा प्रकाशित सूचना अनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र प्राकृतिक र कानुनी व्यक्ति वा कानुनी व्यक्तिहरूबीच घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजत लिनुपर्ने व्यवस्था गरिएको थियो।

सो व्यवस्था बमोजिम विभागले निवेदन दिन सूचना प्रकाशन पनि गरेको थियो। उक्त व्यवस्था फागुन २५ गतेबाट लागु हुने भनिएको थियो।

तर, मालपोत नियमावली, २०३६ (आठौं संशोधन २०८२) ले इजाजत प्राप्त व्यक्तिले भू–सेवा केन्द्र सञ्चालन गरी भू–सूचना प्रणालीको माध्यमबाट घरजग्गा सम्बन्धी कारोबार गर्नुपर्ने कानुनी व्यवस्था भएकोले इजाजत पत्र प्राप्त व्यक्तिले भू–सेवा केन्द्र सञ्चालनको अनुमति नलिएसम्म यसअघि गरिएको परिपत्रको व्यवस्था अर्को आदेश नभएसम्म स्थगित गएिको सूचनामा उल्लेख छ।

https://drive.google.com/viewerng/viewer?embedded=true&url=https://www.setopati.com/uploads/pdf/1772526353%E0%A4%87%E0%A4%9C%E0%A4%BE%E0%A4%9C%E0%A4%A4-%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-1772611614.pdf

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार