पोखरा विमानस्थलमा एक महिनामा ९ अन्तर्राष्ट्रिय उडान र अवतरण, ७४ यात्रु

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जनवरी २०२६ मा अन्तर्राष्ट्रियतर्फ ४ प्रस्थान र ५ आगमन भएका छन्।
  • अन्तर्राष्ट्रिय उडानमा कुल ७४ यात्रुले सेवा लिएका छन् भने आन्तरिक उडानमा ३७ हजार ८४८ प्रस्थान र ३४ हजार ८९ आगमन भएका छन्।
  • जनवरीमा पोखरा विमानस्थलबाट कुल २ हजार ११८ उडान/अवतरण र ७२ हजार ११ यात्रुले सेवा लिएको तथ्यांक छ।

२० फागुन, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ९ उडान/अवतरण भएको तथ्यांकले देखाएको छ । विमानस्थल कार्यालयको तथ्यांक अनुसार जनवरी २०२६ मा अन्तर्राष्ट्रियतर्फ ४ प्रस्थान र ५ आगमन भएका छन् ।

प्रस्थानतर्फ कुल २७ यात्रुले सेवा लिएको देखिएको छ । आगमनतर्फ ४७ यात्रुले सेवा लिएको देखिन्छ । यस प्रकार कुल ७४ यात्रुले मात्र सेवा लिएको तथ्यांकले देखाएको छ । हिमालय एयरलाइन्सले चीनको ल्हासामा पोखराबाट सेड्यूल फ्लाइट गर्दै आएको छ । तर, यस उडानमा समेत पर्याप्त यात्रु नभएको तथ्यांकले देखाउँछ ।

आन्तरिकमा भने यो विमानस्थलमा यात्रु संख्या उल्लेख्य छ । आन्तरिकतर्फ कुल १ हजार ५७ प्रस्थान र १ हजार ५२ उडान भएका छन्।

प्रस्थानतर्फ ३७ हजार ८४८ यात्रुले सेवा लिएका छन् । आगमनतर्फ ३४ हजार ८९ यात्रुले सेवा लिएको तथ्यांक छ । यस प्रकार पोखरा विमानस्थलबाट एक महिनामा कुल ७२ हजार ११ यात्रुले सेवा लिएको पाइएको छ । उडान/अवतरण संख्या २ हजार ११८ रहेको तथ्यांक छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार