काठमाडौं । नेपालमा फागुपूर्णिमालाई उल्लासका साथ मनाइँदै आएको छ । यसलाई होली र रंगहरुको पर्व पनि भनिन्छ । हिन्दु धर्मावलम्बीहरुको रंगहरुको उमंगको चाडको रुपमा मनाइने पर्व हो होली । हिमाल, पहाड र तराईसँग जोडिएको यो पर्व देशभरी धुमधामले मनाउने गरिन्छ ।
एकआपसमा रंग दलेर मनाइने भएकाले यसलाई उल्लासको पर्व भनिएको हो । तर यसरी रमाउँदै गर्दा हामीले आफ्नो शरीर र छालाको पनि ख्याल गर्नुपर्ने हुन्छ । रंगमा आर्टिफिसियल केमिकल हुन्छ । यसले मानिसको छालालाई नराम्रो असर गर्न सक्छ । त्यसैले रंगसँग खेल्दा धेरै सावधान रहनुपर्दछ ।
होलीमा रंग खेल्दा यी पाँच कुरामा ध्यान दिनुहोला :
१- तपाईंको छाला रुखो छ भने रंगसँग खेल्नुभन्दा अगाडि सावधान रहनुस् । होली खेल्नुभन्दा अगाडि तपाईंले आफ्नो पूरै शरीरभरि नरिवलको तेलले मालिस गर्नुभयो भने फाइदा हुन्छ । यसको अलावा कपालमा सस्र्युँको तेल लगाउनुपर्छ । ता कि पछि नुहाउँदा रंग सजिलोसँग जाओस् ।
२- तपाईं धेरै समयसम्म होली पर्वमा हाली खेल्नुहुन्छ भने सनस्क्रिन लगाउन नभुल्नुहोस् । यसको साथै तपाईं आफ्नो नङमा गाढा रंगको नङपालिस पनि लगाउन सक्नुहुन्छ । देखेका छौँ कि एक पटक लगाएको नङ पालिस जान मुस्किल हुन्छ ।
३- यसको साथै आँखाको पनि ध्यान राख्न आवश्यक छ । हाम्रो आँखा धेरै संवेदनशील हुन्छ र रगंको केमिकलको कारण आँखामा खराबी आउन सक्छ । त्यसैले हामी आँखामा चस्मा लगाएर सम्भावित नोक्सानबाट बाँच्न सक्छौँ ।
४- तपाई होली खेल्दै गरेको बेला जम्मा हुँदा शरीरमा कतै चोट लाग्न सक्छ, तर त्यसलाई नदेखे जस्तो गर्नुहुँदैन् । तुरुन्तै त्यस ठाउँमा तपार्इंले एन्टिबेक्टिरीयल लोसन तथा ब्यान्डेज लगाउनु आवश्यक हुन्छ ।
५- रंगमा धेरै मात्रामा केमिकल मिसाइएको हुन्छ । यसमा यो पता लगाउन गाह्रो हुन्छ कि कुन रंग सही छ । त्यसैले तपाईंले हर्बल रंगको प्रयोग गर्न राम्रो हुन्छ । अझै हुन्छ भने त घरमा आफैँ रंग बनाउनुस् ।




प्रतिक्रिया दिनुहोस्