आइतबार ५ विमान कम्पनीमार्फत विदेश उड्‌ने १५ सय यात्रु रोकिए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत विभिन्न देश जान लागेका करिब १५ सय यात्रु रोकिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ५ एयरलाइन्समार्फत उडानका लागि तयारी अवस्थामा रहेका यात्रु प्रभावित भएका हुन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कुवेतबाट आएको जजीरा एयरवेजको विमान पुनः कुवेत फर्कने तालिकामा थियो । उक्त एयरलाइन्सका दुई उडानबाट प्रस्थान गर्ने २५० यात्रु आइतबार रोकिएका छन् ।

त्यस्तै, एयर अरेबिया अबुधाबीका २ उडान प्रभावित भएका छन्, जसमा २८० यात्रु थिए । शारजहाँबाट आएका एयर अरेबियाका २ उडान पुनः शारजहाँतर्फ नै प्रस्थान गर्ने तयारीमा थिए । ती उडानका ३०० यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका छन् ।

यसैगरी, कतार एयरवेज र फ्लाइ दुबईका चार उडान पनि प्रभावित भएको भुलले जानकारी दिए । दोहाबाट काठमाडौं आएका कतार एयरवेजका २ उडान आइतबार पुनः दोहातर्फ प्रस्थान गर्ने तालिकामा थिए । ती उडानमा ४५० यात्रु यात्रा गर्ने तयारीमा थिए । त्यसैगरी, फ्लाई दुबईमार्फत दुबईतर्फ जान लागेका २ उडानका ३२० यात्रु पनि काठमाडौं विमानस्थलमै अलपत्र परेका छन् ।

अमेरिका–इरान तनावका कारण खाडी मुलुकसमेत प्रभावित बनेपछि नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरू शनिबारदेखि प्रभावित भएका छन् । यसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू अलपत्र परेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार