धनगढीः कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक महिलाले तीन बच्चालाई जन्म दिएकी छन्। बुधवार तिम्ल्याहा बच्चा जन्मिएको सेती प्रादेशिक अस्पतालका स्त्री तथा प्रसूति विभाग प्रमुख डाक्टर खगेन्द्रप्रसाद भट्टले बताए।
उनका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर र बाल चिकित्सकसहितको टोलीले आमाको सफल शल्यक्रिया गरेर तीन बच्चाको जन्म भएको हो। तीन मध्ये दुई छोरा र एक छोरीको जन्म भएको हो।
डाक्टर भट्टका अनुसार दार्चुला जिल्ला घर भएकी ३१ वर्षीय गर्भवती महिलाको यसअघि दुई छोरी छन् भने यो पटक गर्भ बसेको पाँच महिनादेखि सेती अस्पतालमा नियमित गर्भ जाँच गराउँदै आएकी थिइन्। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर प्रतिक्षा सिंह राठौर नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टोलीले सफल शल्यक्रिया गरेर तीनै जना बच्चाको आठ महिनामा जन्म भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
शल्यक्रिया गरेर जन्मिएका तीनै जना शिशुको तौल दुई किलोग्राम भन्दा केही बढी छ भने एक बच्चालाई मात्रै एनआइसियूमा राखिएको तर आमा र तीनै जना शिशुको अवस्था सामान्य रहेको बताइएको छ। एक बच्चाको तौल अलि कम भएकाले एनआइसियूमा राखिएको अस्पतालले जनाएको छ।
.jpeg)
अस्पतालका स्त्री तथा प्रसूति विभाग प्रमुख डाक्टर भट्टले महिलाको प्राकृतिक अवस्थामै गर्भ रहेको र तीन बच्चा भएकाले आठ महिनामै शल्यक्रिया गर्नुपरेको जानकारी दिए।




प्रतिक्रिया दिनुहोस्