सल्यानबाट भेरीमा बेपत्ता भएकी महिलाको शव सुर्खेतमा फेला

भेरी नदीमा बेपत्ता भएकी महिलाको शव टिएको छ।

शुक्रबार सल्यानस्थित भेरी नदीमा बेपत्ता भएकी बनगाड कुपिण्डे नगरपालिका–६, सुनौलीस्थित माइती घरमा बस्दै आएकी २१ वर्षीया पुष्पा सिंहको शव बिहीबार भेटिएको हो।

उनको शव सुर्खेत जिल्लाको गुर्बाकोट नगरपालिका – ९ पोखरेस्थित भेरी नदी किनारमा बिहीबार बिहान पौने १० बजेतिर फेला परेको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले बताए ।

बेपत्ता भएको स्थानबाट करिब २० किलोमिटर दक्षिणमा महिलाको शव फेला परेको हो ।

गत शुक्रबार बिहान साढे ११ बजेतिर श्रीमान संग फोटो , भिडियो र टिकटक बनाउन भनेर गएकी २१ बर्षीया पुष्पा सिंहले माइती घर फर्किने क्रममा एकाएक भेरी नदीमा हाम फालेकी थिइन्।

 घटना भएको १५ दिनअघि मात्रै पुष्पाले दाङको तुलसीपुर उपमहानगरपालिका–६, बरुवा गाउँका ३० वर्षीय त्रिदेव मल्लसँग विवाह गरेकी थिइन्।

बिहे पछि श्रीमान – श्रीमती सँगै सल्यानस्थित माइती घर गएका थिए। माइती घरमा छँदा पुष्पाले नै श्रीमान त्रिदेवलाई टिकट बनाउन र फोटो खिच्न भनेर भेरी नदी पुल क्षेत्रमा लगेकी थिइन्।

उनीहरूले टिकटक बनाएका पनि थिए। भिडियो र  फोटोहरु खिचेपछि माइती घर फर्किने सल्लाह गरे। फर्कने बेला त्रिदेव अघि र पुष्पा केही पछि थिइन्। त्यही क्रममा उनी भेरीमा हाम फालेकी थिइन्।

 श्रीमति पुष्पाले एकाएक हाम फाल्दै गरेको देखेपछि श्रीमान त्रिदेवले हार गुहार गरेका थिए । 

त्यो दिन पुलमा टिकटक र भिडियो बनाउनेहरु स्थानीय अरु पनि थिए।

पुष्पाले एकाएक हाम फालेको देखेपछि बनगाड –१ का ४२ वर्षीय जितेन्द्र शाह पनि उद्धार गर्न जाने भन्दै नदीमा हाम फालेका थिए।

तर, शाह पौडी खेल्न नसकी डुब्न थालेपछि स्थानीय थप दुई जना पौडी बाज नदीमा हाम फालेर अचेत अवस्थाका शाहको उद्धार गरेका थिए।

अचेत अवस्थाका शाहलाई उद्धारपछि  बनगाडस्थित नगर अस्पतालमा पुर्‍याएको थियो ।

त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि शाहलाई सुर्खेतको मेहलकुना अस्पताल लगेर उपचार भएको थियो । 

प्रहरी निरीक्षक भट्टराईका अनुसार सल्यानकी पुष्पा र दाङका त्रिदेवले प्रेम पछि घर परिवारको सल्लाहमा सामाजिक परम्परा अनुसार बिहे गरेका थिए।

प्रहरी निरीक्षक भट्टराईका अनुसार मल्ल करिब डेढ वर्ष विदेश बसेर पुष्पासँग बिहे गर्नकै लागि घर फर्किएका थिए । सामाजिक सञ्जालमा चिनजानपछि आपसी प्रेममा परेका उनीहरुले घर परिवारको सहमतिमा  बिहे गरेका थिए ।

माइती र घर दुवै पक्ष उनीहरुको बिहेबाट खुसी राजी नै थिए । तर, बिहे पछि संगै माइती घर गएकी पुष्पाले किन एकाएक भेरी नदीमा हाम फालेकी हुन भन्ने कुरा खुलि सकेको छैन।

त्यसबारे थप  अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक भट्टराइले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार