फागुन १८ गतेदेखि चुनाव प्रचारप्रचारमा निषेध, २१ गते सवारीसाधन चलाउन नपाइने !

काठमाडौँ । फागुन १८ गते (सोमबार) देखि चुनावको प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगले फागुन १८ गते राती १२ः०० बजेदेखि चुनावी प्रचारप्रसार गर्न नपाइने निर्णय गरेको हो ।

आयोगले चुनाव प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न÷गराउन गृह मन्त्रालयमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिन सरकारलाई आग्रह गरेको छ ।

HIGHLIGHTSफागुन २० गते राती १२ः०० बजेदेखि फागुन २१ गते साँझसम्म अत्यावश्यकबाहेकका सवारी साधन चलाउन रोक लगाइने भएको छ ।

त्यस्तै, जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता २०८२ को दफा १७ र १८ अनुसार निषेध गरिएका कार्यहरु हुन नदिन र कहीँकतै भए प्रचलित कानून अनुसार कारवाही गरी जानकारी गराउन आयोगले अनुरोध गरेको छ ।

त्यस्तै, आयोगले फागुन २० गते राती १२ः०० बजेदेखि फागुन २१ गते साँझ (मतदान सम्पन्न नभएसम्म) अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइने जनाएको छ ।

उक्त अवधिमा एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधनहरू, कूटनीतिक नियोगका सवारीसाधनहरू र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधन भने चल्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार