सुर्खेत र बाँकेमा आज कांग्रेसको चुनावी सभा

काठमाडौं । नेपाली कांग्रेसले आज (बिहीबार) सुर्खेत र बाँकेमा चुनावी सभा गर्दैछ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर कांग्रेसले सुर्खेत र बाँकेमा चुनावी सभा गर्न लागेको हो ।

कांग्रेस सर्खेतका सभापति खड्गबहादुर पोखरेलले मध्याह्न साढे १२ बजेपछि चुनावी सभा हुन गइरहेको जानकारी दिए । उनले चुनावी सभा वीरेन्द्रनगर नगरपालिकास्थित घण्टाघर डबलीमा आयोजना गरिएको बताए ।

जिल्ला सभापति पोखरेलका अनुसार चुनावी सभालाई सभापति गगनकुमार थापा र उपसभापति पुष्पा भुसालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सुर्खेतको चुनावी सभा पछि आजै बाँके-३ मा पर्ने जानकी गाउँपालिका–३ मानपुरमा पनि कांग्रेसको चुनावी सभा हुँदैछ ।

बाँके-३ का उम्मेदवारसमेत रहेका प्रदेश सभापति अमरसिंह पुनको सचिवालयले दिउँसो १:३० बजे मानपुरमा चुनावी सभा हुन गइरहेको पुष्टि गरेको छ । पुनका स्वकीय सचिव अनुपम जीसीका अनुसार मानपुरको चुनावी सभालाई सभापति थापाले सम्बोधन गर्ने छन् ।

कांग्रेसले शुक्रबार रूपन्देहीको बुटवलमा पनि चुनावी सभा गर्ने तयारी गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार