उपचारका लागि शेरबहादुर देउवा सिंगापुर प्रस्थान

धनगढीः शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री देउवा बुधबार राति ११:३० बजे क्ष्लनबउयचभ ब्ष्चष्लिभक को उडानमार्फत सिंगापुर गएका विमानस्थल सुरक्षा स्रोतले जनाएको छ।

चुनाव हुन अब एक साता मात्रै बाँकी रहेको अवस्थामा उनी विदेश प्रस्थान गरेपछि यसपटक मतदानसमेत नगर्ने निश्चित भएको छ। डडेल्धुरा बाट सात पटक निर्वाचन लडेका देउवा यसपटक भने उम्मेदवार छैनन्।

विशेष महाधिवेशनबाट पार्टी सभापति पद गुमाएपछि उनी हाल सक्रिय राजनीतिबाट केही निष्क्रिय देखिएका छन्।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार