सशस्त्रका २३ जना एसएसपी निर्वाचन अनुगमनमा

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले निर्वाचन अनुगमनका लागि २३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरू (एसएसपी) लाई सोमबारदेखि देशभर खटाउने भएको छ।

उपत्यकाबाट खटिन लागेका अधिकृतहरूलाई प्रधान कार्यालय र प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागेका एसएसपीहरूलाई आइतबार भर्चुअल माध्यमबाट आइजिपी राजु अर्यालले निर्देशन समेत दिएका छन्।

उनले निर्वाचनको समय अगावै, निर्वाचनको समय र निर्वाचन पश्चातको समयमा आउन सक्ने जस्तोसुकै खराब अवस्थाको सामना गरी निर्वाचन सम्पन्न गराउन निर्देशन दिएका हुन्।

आइजिपी अर्यालले निर्वाचनको समयमा जस्तोसुकै चुनौतीहरू आइपर्न सक्ने भएको हुँदा सो अवधिभर उम्मेदवार, मतदान केन्द्र, मतदाताहरू र व्यालेट बक्सको सुरक्षामा थप सशक्त भएर लाग्न निर्देशन दिए।

उनले निर्वाचनको समयमा सुरक्षासँग सम्बन्धित सूचना संकलन, सबै तहका कामण्डरहरूसँग समन्वय, सबै उम्मेदवारहरूसँग सम्पर्कमा रहन तथा फिल्डमा भएका कमीकमजोरी र तत्काल गर्नुपर्ने कामबारे जतिसक्दो छिटो मुख्यालयमा जानकारी गराउन पनि बताएका थिए।

साथै निर्वाचन प्रहरीहरूलाई सभ्य र नम्र व्यवहार गर्न तथा उनीहरूको सेवा सुविधमा कुनै पनि प्रकारको गुनासो नआउने गरी कार्य गर्न समेत निर्देशन दिए।

सीमा क्षेत्रको अनुगमन, निर्वाचनको समयममा बल प्रयोग गर्नु परेमा मानवअधिकारको संरक्षण र पूर्ण पालना गर्दै बल प्रयोगको समयमा आवश्यक प्रमाण राख्न समेत निर्देशन दिए।

निर्वाचन बिथोल्न खोज्नेहरूको पहिचान गरी सोही अनुसारको रणनीति बनाउन र कानून अनुसारको बल प्रयोग गर्न मातहत सबै तहका कमाण्डरहरूलाई स्पष्ट हुन समेत आइजिपी अर्यालले निर्देशन दिए।

सोमबारदेखि देशका ७७ वटै जिल्लामा अनुगमनमा जाने वरिष्ठ अधिकृतहरूले फिल्ड र मुख्यालय बीच समन्वयात्मक भूमिका समेत निर्वाह गर्नेछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार