काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, चार जना घाइते

मकवानपुरमा गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

शनिबार बिहान ६ बजे इन्द्रसरोवर गाउँपालिका-२ सुकौरा बेसीस्थित कुलेखानी-काठमाडौं सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

वीरगंजबाट काठमाडौं तर्फ आउँदै गरेको ना ४ च ९७७७ नं.को गाडीका चालक निदाउँदा दुर्घटना भएको कार्यालयले जनाएको छ।

गाडी सडकबाट ३० मिटर तल खसेको थियो। 

दुर्घटनामा कलैया उपमहानगर-२ का ३८ वर्षीय चालक विजय यादव, गाडीका धनी ५० वर्षीय सन्तोषकुमार गुप्ता, उनकी ४० वर्षीया श्रीमती शोभा गुप्ता र १६ वर्गीय अनमोल गुप्ता घाइते छन्। शोभाको छाउकोमा चोट लागेको हुँदा गम्भीर रहेको प्रहरीले जनाएको छ। अरू तीन जनाको अवस्था मध्यम छ।

उनीहरूको उपचारका लागि काठमाडौंतर्फ पठाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार