संसद् विघटनविरुद्धको रिटको तारिख चुनावको भोलिपल्ट

काठमाडौं । संसद् विघटनविरुद्ध परेको रिटको तारिख आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको भोलिपल्टका लागि तोकिएको छ ।



एमाले, कांग्रेसलगायतले गत मंसिरमा दिएको संसद् विघटनविरुद्धको रिटको तारिख फागुन २२ गतेका लागि तोकिएको छ । फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति परेको छ ।

तर, सर्वोच्च अदालतले चुनावको भोलिपल्ट फागुन २२ गतेका लागि संसद् विघटनविरुद्ध दायर रिटको तारिख दिएको हो । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ मात्र भएको छ ।

फागुन २२ गतेका लागि सर्वोच्च अदालतले रिट निवेदकहरूलाई साधारण तारेखमा बोलाएको हो । त्यतिबेला रिट निवेदकले मुद्दाको बाँकी सुनुवाइका लागि अंग पुर्‍याएर पेस भएमा पेसी निर्धारण गरिने जनाइएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि परिवर्तित अवस्थामा भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिएकी थिइन् । सोही दिन नै प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गतेका लागि निर्वाचन मिति तोकिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार