बैतडीमा निर्वाचनका लागि मतपत्र आइपुगे

बैतडीः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य निर्वाचन सामग्री बैतडी आइपुगेका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका मतपत्र मंगलबार जिल्लामा ल्याइएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बैतडीका सहायक निर्वाचन अधिकृत विष्णुराज पन्तका अनुसार प्रत्यक्षतर्फ १ लाख ६८ हजार र समानुपातिकतर्फ १ लाख ७१ हजार मतपत्र प्राप्त भएका छन्।

मतपेटिका भने अघिल्लो निर्वाचनकै प्रयोग गरिने जनाइएको छ।

बैतडीमा कुल १ लाख ५६ हजार ३ सय ७२ मतदाता रहेका छन्। एक निर्वाचन क्षेत्र रहेको जिल्लामा एक स्वतन्त्र उम्मेदवारसहित ११ जनाको उम्मेदवारी दर्ता भएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार