जिल्ला प्रहरी परिसर काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । निर्वाचनका बेला भ्रम फैलाएर शान्ति सुरक्षाविरुद्धको कसुर गरेको भन्दै अनुसन्धानका लागि प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई प्रहरीले सोमबार बेलुकी भक्तपुरको थिमिबाट पक्राउ गरेको थियो ।
यसअघि पनि प्रसाईं अफवाह फैलाएको कसुरमा पक्राउ परेका थिए । तर, उनी पछि हाजिर जमानतमा छुटेका थिए । प्रसाईंले सरकारसँगको सम्झौता पुरा नभए अनिश्चित कालीन बन्द गराउने र चुनाव हुन नदिने अभिव्यक्ति दिँदै आएका छन् ।




प्रतिक्रिया दिनुहोस्