पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई प्रहरीले खोज्न सुरु गरेको छ । सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा एक कार चालकले पैदलयात्रीलाई कुटेको देखिन्छ । कारबाट झरेका व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ । त्यसपछि अर्को एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ ।
उक्त भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले उक्त भिडियो प्राप्त भइसकेकाले कुट्ने व्यक्तिको खोजी सुरु गरिएको बताए ।
भिडियो कहाँको हो भन्ने खुलेको छैन । तर, सार्वजनिक भएको भिडियामा साझा यातायातको बस समेत देखिएकाले यो भिडियो काठमाडौं उपत्यकाकै रहेको अनुमान गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्