उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत

काठमाडौं उपत्यकामा हुने विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,खेलकुद लगायत विभिन्न आन्दोलनहरूको व्यवस्थापन तथा नियन्त्रण गर्न उत्कृष्ठ कार्य सम्पादन गर्ने जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक पवन कुमार भट्टराई र प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा रेकर्डमा जनिने गरी पुरस्कृत गरिएको छ । 
     
त्यस्तैगरी, प्रहरी वृत्त सिंहदरबार, काठमाडौंलाई ३१७५.१९ वर्ग मिटर जग्गा स्थायीरूपमा उपयोग गर्ने गरी जग्गा प्राप्‍ती एवं पूर्वाधार विकासमा उल्लेखनिय भूमिका निर्वाह गरेकोमा प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायव उपरीक्षक जनार्दन घिमिरेलाई समेत पुरस्कृत गरिएको छ । 

यस्ता कार्यले अन्य प्रहरी कर्मचारीहरुको समेत मनोबल उच्च कायम राख्न उत्प्रेरणा पुग्ने हुँदा उत्कृष्ठ कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार