नेपाली जनता दलको घोषणापत्र सार्वजनिक

नेपाली जनता पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। 

पार्टीको काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीका पूर्व सांसद तथा राजदूत एवं पार्टी-कार्यकारी अध्यक्ष नवराज सुवेदीले घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा देशको राष्ट्रियता, लोकतन्त्र, सुशासन र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ। पार्टीले संविधानको मर्मअनुसार शासन व्यवस्था सुदृढ गर्दै भ्रष्टाचार नियन्त्रण, बेरोजगारी न्यूनीकरण र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिने प्रतिबद्धता जनाएको छ।

पार्टीले राजनीतिक स्थायित्व, पारदर्शी शासन प्रणाली र नागरिकका आधारभूत अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ। साथै शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, उद्योग र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य अघि सारेको छ।

कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। घोषणापत्रमार्फत पार्टीले आगामी निर्वाचनमा जनताको विश्वास जित्दै प्रभावकारी भूमिका निर्वाह गर्ने दाबी गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार