घरदैलोमा रविलाई मतदाताले सोधे- जेनजी आन्दोलनको बेला कैदी निकाल्न नेतृत्व गर्नुभएको हो?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवनका मतदाताले जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट निस्किएको विषयमा प्रश्न गरेका छन्।

सोमबार चितवन निर्वाचन क्षेत्र नम्बर २ मा घरदैलो गर्न पुगेका रविलाई मतदाताले कारागारबाट कैदी निकाल्नलाई नेतृत्व गरेको हो भनेर प्रश्न  गरेका हुन्।

‘जेनजी आन्दोलनको क्रममा तपाईं बाहिर निस्किनुभयो। त्यो बेला तपाईं निस्किएपछि धेरै कैदीबन्दीहरू पनि निस्किए। करिब-करिब तपाईंले नै नेतृत्व गरेको भनेजस्तो पनि बाहिर चर्चा छ। सत्य कुरा के हो?,’ एक वृद्धले रविलाई प्रश्न गरे। 

जबाफमा रवि लामिछानेले यस विषयमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको जाँचबुझ आयोगमा गएर बयान पनि दिइसकेको र आयोगले पनि आफूलाई यस आरोपबाट मुक्त गराउने बताए।

‘२३ गतेको घटनासँग सम्बन्धित कसैलाई नबोलाउँदै २४ गतेको घटनाका लागि जेल भित्र बसेको मान्छे बयानका लागि जाने म पहिलो व्यक्ति हुँ। आयोगलाई मैले सबै बताएँ। जेलमा बसेर मैले टिभीमा के हेरेँ- अध्यक्षले यो रवि लामिछानेले गरेको होइन रहेछ भनेर बोलेको मैले सुनेँ,’ रविले जबाफमा भने।

‘आयोगको रिपोर्ट आउँदैछ। तर अध्यक्षले भनेको कुरा मैले जेल बसेर हेरेँ। म जेल भित्र बसेको मान्छे मेरो त्यो पहुँच छैन, मसँग सूचनाको सिमितता हुन्छ। पाँच/छ वटा फलामे ढोका भित्र जेल बस्नपर्छ। त्यहाँ भित्र बसेको मान्छेले के गर्न सक्यो होला र?,’ उनले अगाडि थपे, ‘तर पनि त्यो दोष मेरो टाउकोमा हालिदिएकाले बयान दिन गएँ। बयान दिएको छु, रिपोर्ट आउला। तर उहाँले भनिचाहिँ सक्नुभएको छ रवि लामिछानेको यसमा दोष होइन। उसले त जेल जोगाएको रहेछ भन्नुभएको छ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार