रामेछाप बस दुर्घटना: एक सातापछि भेटियो बालकको शव

रामेछापमा बस दुर्घटना भएको एक सातापछि सुनकोशी नदी किनारामा बालकको शव फेला परेको छ।

सोमबार बिहान साढे ७ बजे गोलन्जोर गाउँपालिका-७ तल्लो बजार नजिकै सुनकोशी नदी किनारामा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

मृतक रामेछाप मन्थली नगरपालिका-६ बेनिघाट पुल नजिकै माघ २७ गते भएको प्र.३-०१-००५ ख ९९७५ नम्बरको बस दुर्घटनामा ज्यान गुमाएका ९ वर्षीय कृचन तामाङ हुन्।

मन्थली-२ पिप्लेका उनको ठूलोबुबा युवराज तामाङले सनाखत गेका हुन्।

शव पहिचान भएसँगै मुचुल्का अघि बढाएको छ।

योसँगै रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ।

यसअघि माघ २७ गते नै १२ जनाको शव फेला परेको थियो।

दुर्घटना भई तामाकोशीमा खसेको बस प्रहरी, सशस्त्र प्रहरीले निकालेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार