काठमाडौं । आईसीसी टी–२० विश्वकपमा १२ वर्षपछि नेपाली टिमका ब्याटरले अर्धशतक बनाएका छन् ।
नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईसीसी टी–२० विश्वकप २०२६ मा वेस्ट इन्डिजविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । यसअघि नेपाली टिमबाट सन् २०१४ को संस्करणमा सुवास खकुरेलले अर्धशतक बनाएका थिए ।
आइतबार भारतको मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको नेपालका अलराउन्डर ऐरी वेस्ट इन्डिजविरुद्ध १८.४ ओभरमा ५० रन पूरा गरेका हुन् । ५० रन पूरा गर्नेक्रममा ऐरिले ४४ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।




प्रतिक्रिया दिनुहोस्