कञ्चनपुर र कैलालीमा भन्सार छलीका सामान बरामद

धनगढी: कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामान प्रहरीले बरामद गरेको छ।

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–५ सुकासाल, दोधाराचाँदनी नगरपालिका–१ मलहरिया तथा वडा नं। ८ धामी टोलस्थित सडक किनारबाट अन्दाजी मूल्य रु। ८५ हजार १९६ बराबरका विभिन्न सामान बेवारिसे अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले पेय पदार्थ, गुड, सुर्ती, कस्मेटिक, फेन्सी तथा किराना सामान बरामद गरी आवश्यक प्रक्रिया पूरा गर्दै नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१ नैनादेवी मन्दिर नजिकबाट अन्दाजी मूल्य रु। २५ हजार बराबरका माछा, एक थान साइकल लगायतका सामान पनि प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

दुवै जिल्लामा बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार