ठूलाकेदार धाममा फागुन ३ गते बृहत् शिवरात्री मेला आयोजना हुने

धनगढी: डोटीको दक्षिण भेगमा अवस्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको ठूलाकेदार धाममा आगामी फागुन ३ गते बृहत् शिवरात्री मेला तथा विशेष पूजन कार्यक्रम आयोजना गरिने भएको छ।

स्थानीय आयोजक समितिका अनुसार उक्त अवसरमा लाखौं भक्तजनको उपस्थिति रहने अपेक्षा गरिएको छ। मेलामा विशेष रुद्री पाठ, महादीप प्रज्वलन तथा भगवान शिवको विधिवत् पूजाआजा गरिने बडिकेदार पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत गणेशराज जोशीले जानकारी दिएका छन्।

SHIKHAR COOL TECH

हरेक वर्ष शिवरात्रीका दिन यस धाममा ठूलो संख्यामा तीर्थालुहरू पूजा, दर्शन तथा धार्मिक अनुष्ठानका लागि आउने गरेका छन्। प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रलाई पर्यटन प्रवर्द्धनसँग जोड्न पनि शिवरात्री मेलाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

मेला व्यवस्थापनका लागि सुरक्षा, स्वास्थ्य सेवा तथा आवश्यक भौतिक पूर्वाधार तयारीलाई तीव्रता दिइएको आयोजक समितिले जनाएको छ। साथै, सम्पूर्ण भक्तजन तथा तीर्थालुहरूलाई मेलामा सहभागी भई धार्मिक लाभ लिन हार्दिक आग्रह गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार