सेना दिवस : प्रधानसेनापतिले गरे पुर्वाभ्यासको निरीक्षण

२९ माघ, काठमाडौं । महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा प्रधानसेनापति अशोकराज सिग्देलले पूर्वाभ्यासको निरीक्षण गरेका छन् ।

नेपाली सेना स्थापनाको २६३ औं वाषिर्कोत्सवको अवसरमा सैनिक मञ्च टुडिखेलमा प्रधानसेनापति सिग्देलले पूर्वाभ्यासको निरीक्षण गरेका हुन् । उक्त कार्यक्रममा श्री नंं. विपद् व्यवस्थापन गण, श्री नं. २ विपद् व्यवस्थापन गण र राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयललाई युनिट झण्डा प्रदान गरिएको थियो ।

SHIKHAR COOL TECH

त्यस्तै केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता २०८२ मा प्रथम र द्धितिय हुने क्रमश: श्री उपत्यका पृतना र श्री मध्य पश्चिम पृतनालाई पुरस्कृत गरिएको थियो ।

प्रधानसेनापति ब्यानर प्रतियोगिता २०८२ मा युद्धक गण, युद्ध मद्धती गण र युद्धक गुल्मतर्फ प्रथम हुने क्रमश नयाँ श्रीनाथ गण, त्रिनेत्रदल गण, इन्द्रदल गुल्मलाई पुरस्कृत गरिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जलाई प्रकृति संरक्षणतर्फको प्रथम ट्रफी प्रदान गरियो । कार्यक्रममा प्रधानसेनापति प्रशंसा निशान पनि प्रदान गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार