धनगढीः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको नतिजामा सुदूरपश्चिम प्रदेश पहिलो स्थानमा परेको छ।
आयोगले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार सुदूरपश्चिम प्रदेशले कुल ४५ दशमलव ७० अङ्क प्राप्त गर्दै देशभरका सातै प्रदेशमध्ये अग्रस्थान हासिल गरेको हो।
मूल्याङ्कनमा कोशी प्रदेश दोस्रो स्थानमा रहँदै ४४ दशमलव २९ अङ्क प्राप्त गरेको छ। त्यसैगरी बागमती प्रदेशले ४२ दशमलव ४६, गण्डकी प्रदेशले ३७ दशमलव ९१, लुम्बिनी प्रदेशले ३४ दशमलव ७१, कर्णाली प्रदेशले ३२ दशमलव २६ र मधेश प्रदेशले सबैभन्दा कम २७ दशमलव २८ अङ्क प्राप्त गरेको आयोगले जनाएको छ।
प्रदेशहरूको कार्यसम्पादन मूल्याङ्कन प्रशासनिक क्षमता, वित्तीय अनुशासन, योजना कार्यान्वयन, सुशासन र सेवा प्रवाहका विभिन्न सूचकका आधारमा गरिएको आयोगले स्पष्ट पारेको छ।सुदूरपश्चिम प्रदेश पहिलो स्थानमा आउनुलाई प्रदेश सरकारको कार्यसम्पादन, स्रोत व्यवस्थापन तथा प्रशासनिक सुधारको सकारात्मक परिणामका रूपमा हेरिएको छ।





प्रतिक्रिया दिनुहोस्