आगो लगाएर मार्नेहरूले उल्टै मलाई हत्यारा भन्छन् : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघाती तत्त्वले अराजकता सिर्जना गरेर आफूमाथि आरोप लगाउने कार्य गरिरहेको बताएका छन् । बुधबार (माघ २१) बेलुका झापावासीसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।

गएको भदौ २३ र २४ गते केही तत्त्वले ठूलो उपद्रव मच्चाएको उनले उल्लेख गरे । पहिलेदेखि नै यस्तो सम्भावनाबारे सचेत रहेको तर पूर्ण रूपमा रोक्न नसकिएको उनको भनाइ थियो ।

SHIKHAR COOL TECH

उनले आगो लगाउने तथा मार्नेहरूले उल्टै आफूमाथि हत्यारा, षड्यन्त्रकारी तथा घृणित आरोप लगाएर बदनाम गर्ने गरेको बताए । प्रधानमन्त्रीले गोली चलायो भन्नेहरू बेवकुफ भएको उनले टिप्पणी गरे ।

“…मराउनेहरूले उल्टै हाम्राविरुद्ध मार्ने र मराउने, आगो लगाउने र गोली चलाउन बाध्य पार्नेहरूले हाम्राविरुद्ध, षड्यन्त्रका पोकाहरूले त्यस्ता घृणित लाञ्छना लगाएर, झुटा आरोप लगाएर देश दुनियाँमा बदनाम गर्ने काम गरेका छन्,” उनले भने ।

उनले अगाडि भने, “सबैले ‘बा’ भने भन्ने रिसले यिनीहरूले केही मान्छे मार्ने परिस्थिति बनाएर ऊ हत्यारा हो भनेर भन्दै छन् । आगो लगाएर मार्ने उनीहरू अनि हत्यारा हुने केपी ओली ? सबैलाई थाहा छ, प्रधानमन्त्रीले आदेश दिने त के गोली चल्नुभन्दा अगाडि थाहा पनि पाउँदैन ।”

अध्यक्ष ओलीले यसबारे आमनागरिकलाई यथार्थ बुझाउन सक्नुपर्ने बताए । न्युज एजेन्सी नेपाल

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार