आरिफको अर्धशतक : नेपालले मुम्बईलाई दियो १८४ रनको लक्ष्य

नेपालले मुम्बई एमसीए प्रेसिडेन्ट-११ सँगको जारी दोस्रो अभ्यास खेलमा मुम्बई एमसीएलाई १८४ रनको लक्ष्य दिएको छ।

शनिबार मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनायो।

SHIKHAR COOL TECH

नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार गरे। उनी ४२ बलमा ६६ रन बनाउँदै नटआउट रहे। नेपालका ओपनर आशिफ शेख २५ रन र अर्का ओपनर लोकेश बम १५ रन बनाएर आउट भए।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले यसअघि मुम्बई एमसीए प्रेसिडेन्ट-११ लाई पहिलो अभ्यास खेलमा ७ विकेटले पराजित गरेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार