काठमाडौं ।
पूर्वमन्त्री राजकुमार गुप्ताले विशेष अदालतको भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश बदर गर्न सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन्। अदालतले निवेदनमा सुनुवाइका लागि पेसी तोकेको छ।
पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा गुप्ताले कास्की मालपोत कार्यालयका अधिकारीको सरुवा रोकिदिने र भूमि आयोग सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई र पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाएको थियो।
गुप्ताले अदालतमा आरोप असत्य भएको दाबी गरे पनि, अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकिने ठहर गरेको थियो।




प्रतिक्रिया दिनुहोस्