काभ्रे — वर्षाले घर भत्किएर गम्भीर घाइते भएका महाभारतका एक जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । असोजको १९ गते वर्षाले घर भत्किएर काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर-८ स्थित घर्तीछापका ४६ वर्षीय दूधलाल मोक्तान गम्भीर घाइते थिए ।
गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार, उनको टाउकोमा चोट लागेको थियो । उनलाई उपचारका लागि घर्तीछाप स्वास्थ्य चौकीमा ल्याएको र त्यहाँ उपचार सम्भव नभएको उनले बताए ।
उनका अनुसार, थप उपचारका लागि काठमाडौं पठाउनुपर्ने र वर्षाका कारण सडक सञ्चालहरु सबै अवरुद्ध भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको हो ।
उनलाई ११:३० बजेको समयमा नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको उनले बताए । उनका अनुसार, उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्