जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

काठमाडौँ — जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्मानमा चौधरी ग्रुपले समवेदना र उच्च सम्मान व्यक्त गर्दै प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ।

चौधरी ग्रुपले बुधबार विज्ञप्तिमार्फत आन्दोलनका क्रममा आफ्नो निजी निवास, कार्यालय, शोरूम र कारखानामा भएको ठूलो क्षति र विध्वंसले गहिरो पीडा दिएको उल्लेख गर्दै पनि पुनःनिर्माणको यात्रामा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

Galaxy

विज्ञप्तिमा भनिएको छ,’यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो। हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ र आशा, सहानुभूति तथा सम्मानसहित देशको उज्ज्वल भविष्य निर्माण गर्नेछौँ,’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भनेका छन् ।

चौधरी ग्रुपले आफ्नो टिममार्फत सम्पूर्ण सहिद परिवारसँग सम्पर्क गरिरहेको र सो प्रक्रियामा सहयोग गर्नका लागि इच्छुक व्यक्तिहरूले कम्पनीका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई सम्पर्क गर्न सक्ने जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार