काठमाडौँ : बजार परिसूचक नेप्सेमा पहिरो गएको छ । जेनजी आन्दोलनका कारण लामो समय बन्द भएर बिहीबार खुलेको नेप्से एकै दिन १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा झरेको छ ।
गत भदौं २३ गतेपछि पहिलो पटक खुलेको नेप्से लगातार तेस्रो नेगेटिभ सर्किट लागेर बन्द भएको हो । मात्र ६ मिनेट कारोबार भएको बजार ७२ करोड ८७ लाख २ हजार रुपैयाँमा सीमित भएको छ ।
२१७ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्सलगायत डेढ दर्जन कम्पनीमा नेगेटिभ सर्किट लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्