जेन-जी आन्दोलन : दुई दर्जन होटलमा क्षति, करिब २५ अर्बको नोक्सानी

काठमाडौं : जेन-जी आन्दोलनकारीले दुई दर्जन होटलमा क्षति पुर्‍याएका छन्। प्रदर्शनकारीले गरेको आन्दोलनको क्रममा देशभरका होटेलहरूमा ठूलो क्षति पुगेको हो ।

प्रारम्भिक विवरण अनुसार दुई दर्जन होटलमा क्षति पुगेको होटल संघ नेपालले जनाएको छ । जसमा करिब २५ अर्बको नोक्सानी भएको संघले जनाएको छ ।

Galaxy

प्रदर्शनकारीले काठमाडौं उपत्यकाका होटलसहित पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, तुल्सीपुर, महोत्तरीलगायत ठाउँमा सञ्चालनमा रहेका होटलहरुमा तोडफोड तथा आगजनी गरेका थिए ।

एक वर्ष अघि मात्रै काठमाडौंमा सञ्चालन भएको हिल्टन होटलको मात्रै ८ अर्ब भन्दा बढीको क्षति भएको संघले जनाएको । यससँगै देशभर करिब २५ अर्ब भन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको संघले जनाएको छ ।

प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेका होटलहरुमा काम गर्ने करिब दुई हजार कामदारको रोजीरोटी गुमेको प्रारम्भिक अनुमान गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार