कालिमाटीमा गोली लागेका सुवेदीको पनि निधन, परिवार शोकमा

काठमाडौं : कालिमाटीमा हिजो प्रहरीले चलाएको गोलीले घाइते भएका उदयपुरका ३० वर्षीय देवकुमार सुवेदीको आज बिहान निधन भएको छ ।

हिजो दिउँसो करिब २ बजे आन्दोलन चर्किँदै गर्दा प्रहरीले चलाएको गोली सुवेदीको पेटमा लागेको थियो।पेट च्यातिँदै आन्द्रा बाहिर निस्किएको अवस्थामा उनलाई तत्कालै बयोदा अस्पताल पुर्‍याइए पनि अत्यधिक रगत बग्दा उपचार सफल हुन सकेन। डाक्टरको प्रयास असफल हुँदै आज बिहान ९ बजे सुवेदीले ज्यान गुमाएका हुन्।

Galaxy

सडक विभागमा सुरक्षा गार्डका रूपमा काम गर्दै परिवार पाल्दै आएका सुवेदी एक मात्र छोरीका बाबु हुन्।आठ वर्षीया छोरी बाबाको प्रतिक्षामा छिन् भने पत्नी आघातका कारण अर्धचेत अवस्थामा रहेको परिवारले जनाएको छ। ८७ वर्षीय पिता र ७२ वर्षीया आमा छोरा गुमाएको पीडामा स्तब्ध छन्।

‘लक्का जवान ढलेपछि सबै जना विक्षिप्त अवस्थामा छौं,’ मृतकका जेठान मनिष बास्तोलाले बताए।

कालिमाटी पुलनजिकै हिजोको भिडन्तमा गोली लागेर तीन जना घाइते भएका थिए।तीमध्ये अर्जुन भट्टलाई अस्पताल पुर्‍याउँदा नै मृत घोषणा गरिएको थियो भने दीपक साउदको वीर अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको थियो । सुवेदीको आज बिहान मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको छ।

हिजो भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले कालिमाटी प्रहरी वृत्तमा आगजनी गरेका थिए । त्यही क्रममा प्रहरीले गोली प्रहार गर्दा मृत्यु र घाइते हुने घटना भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार