आज खग्रास चन्द्रग्रहण, चन्द्रमा रातो देखिने

काठमाडौं : आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो ।

खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने छ । यो लालिमायुक्त चन्द्रमालाई आम भाषामा ‘ब्लड मुन’ भनिन्छ ।

Galaxy

पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पारिदिन्छ र रातो प्रकाशमात्र चन्द्रमामा पुग्ने भएकाले चन्द्रमा रातो देखिने भएको हो ।

यस्तो दृष्य नेपाल, भारतसहित एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका ८५ प्रतिशत जनसंख्याले अवलोकन गर्न सक्नेछन् ।

कति बेला देखिन्छ ?

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २२ गते राति १० बजेर ११ मिनेटमा ग्रहण सुरु भएर राति १ बजेर ४१ मिनेटमा अन्त्य हुने छ । मौसम सफा रहेमा काठमाडौंबाट साढे तीन घण्टा चन्द्रग्रहण देखिने समितिले जनाएको छ ।

यसै वर्ष आगामी फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।

चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औंसी तिथिमा लाग्ने गर्दछ ।

ग्रहण किन लाग्छ ?

खगोल विज्ञानका अनुसार जब सूर्यलाई पृथ्वीले र पृथ्वीले चन्द्रमालाई घुम्छन् । आ–आफ्नो कक्षमा घुम्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटा समान रेखामा आउँछन् । यसो हुँदा पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण लाग्छ ।

सामान्यतया सूर्यको प्रकाश चन्द्रमामा परेर हामीले चन्द्रमालाई देख्ने गर्छौं । तर जब पृथ्वी बीचमा पर्छ, पृथ्वीको छायाँले चन्द्रमालाई ढाक्छ । यो अवस्थामा चन्द्रमा पूर्ण वा आंशिक रूपमा अँध्यारो देखिन्छ । पृथ्वीको छायाले चन्द्रमालाई पूर्णरुपमा ढाकेमा खग्रास चन्द्रग्रहण र आंशिकरुपमा ढाकेमा खण्डग्रास चन्द्रग्रहण भनिन्छ ।

यसैगरी सूर्यलाई पृथ्वीले र पृथ्वीलाई चन्द्रमाले फन्को लगाउने क्रममा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पर्दा चन्द्रमाले सूर्यको प्रकाश छेकिदिन्छ । सूर्यको प्रकाश छेकिँदा पृथ्वीमा अँध्यारो हुन्छ । यो अवस्थालाई सूर्यग्रहण भनिन्छ ।

चन्द्रग्रहण वा सूर्यग्रहण हुनु सामान्य खगोलीय घटना हो । तर धार्मिक मान्यतामा विश्वास गर्नेहरुले ग्रहण लागेको समयलाई शुभ मान्दैनन् । त्यसैले भन्ने गरिन्छ ग्रहणको बेला पूजापाठ गर्नु हुँदैन, खाना खानु हुँदैन । हाँस्यव्यंग्य गर्न र सहबास गर्नसमेत नहुने बताइन्छ ।

तर वैज्ञानिकहरु यस मान्यतालाई स्वीकार गर्दैनन् । बरु उनीहरु यस्ता खगोलीय घटनालाई वैज्ञानिक तरिकाले हेरेर वा प्रयोगात्मक रुपमा अध्ययन गरी फाइदा लिन सुझाव दिन्छन् । ग्रहणलाई नाङ्गो आँखाले भने नहेर्न वैज्ञानिकहरु सुझाव दिन्छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार