पाँच दिनपछि खुल्यो कर्णाली राजमार्ग

जुम्ला — अविरल वर्षासँगै गत शुक्रबारदेखि गएको पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग पाँच दिनपछि खुलेको छ । सडक डिभिजन कार्यालय जुम्लाले डोजर लगाएर पन्छाउन नसकेका पहिरो नेपाली सेनाले ब्लास्टिङ गरेर हटाएको हो ।

Seti Hospital

पहिरोले रोकिएका साना तथा ठूला मालवाहक गाडी अहिले सञ्चालनमा आइसकेका छन् । सडक सञ्चालनमा आएपछि रोकिएका स्याउ बोकेका ट्रक सुर्खेत, नेपालगन्जतर्फ प्रस्थान गरेका छन् । स्याउ बोकेका २३ वटा ट्रक सडकमै अलपत्र परेका थिए ।

झन्डै १३ करोडभन्दा बढी मूल्य बराबरको १८४ मेट्रिक टन स्याउ बोकेका २३ वटा ट्रक चार दिनसम्म बाटोमै रोकिँदा स्याउ कुहिने चिन्ता बढेको थियो ।

ब्रेकर लगाएर ढुङ्गा फोड्ने प्रयास गर्दा पनि सम्भव नभएपछि ब्लास्ट गरिएको हो । सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले कालिकोट प्रहरी प्रशासन तथा नेपाली सेनाको सहयोगमा सडकका सबै जनशक्ति परिचालन गरेर सडक सञ्चालनमा आएको बताए । उनका अनुसार हरेक सम्भव प्रयास गर्दा पनि मौसम प्रतिकूलता, भौगोलिक कठिनाइ र स्रोत–साधनको अभावका कारण सडक चाँडै खोल्न नसकिएको हो ।

सडकमै अलपत्र परेका स्याउका गाडी गन्तव्यतर्फ पुगेपछि व्यापारी खुसी भएका छन् । स्याउकै सिजनमा हरेक वर्ष राजमार्ग अवरुद्ध हुने समस्या रहने भएकाले यसको दीर्घकालीन समाधान तथा ढुवानीमा सहुलियत दिनुपर्ने किसान तथा व्यापारीले माग गर्दै आएका छन् ।

वर्षा अझै जारी रहेकाले कर्णाली राजमार्गमा पहिरोको जोखिम कायम रहेको हुँदा अत्यावश्यक काममा मात्रै सडकको अवस्था बुझेर यात्रा गर्न सडक डिभिजन जुम्लाले अनुरोध गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार