“दसैँका लागि नयाँ नोट सटही भदौ २९ देखि असोज १० गतेसम्म : राष्ट्र बैंक”

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म दसैँका लागि नयाँ नोट सटही गर्ने भएको छ।


राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुनेछ।

त्यसैगरि राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्षका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुमा पनि सर्वसाधारण तथा वित्तीय संघसंस्थाले यस्तो सुविधा प्राप्त गर्ने राष्ट्र बैंकलेले जारी गरेको सूचनामा उल्लेख छ। यस वर्ष विजया दशमी असोजको १६ गते परेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार