सल्यानमा जिप दुर्घटना, १९ जना घाइते 

सल्यान — सल्यानमा बिहीबार दिउँसो जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । शारदा नगरपालिका-१२ तिमिलेबाट श्रीनगर आउँदै गरेको लु १ ज २३६८ नम्बरको जिप रेसमज्युलानजिकै ग्रामीण सडकमा दुर्घटना हुँदा १९ जना घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार घाइते सबैको जिल्लाको शारदा नगरपालिका-१ श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको छ ।

Seti Hospital

जिप अनियन्त्रित भएर सडकदेखि ५ मिटर तल खसेको प्रहरी निरीक्षक बस्नेतले जानकारी गराए । जिपमा २० जना सवार थिए । घटनाको अनुसन्धान भइरहेको र जिप चालक शारदा नगरपालिका ६ बस्ने वर्ष २३ का सुरेश बुढाथोकी अहिले प्रहरी नियन्त्रणमा रहेको प्रनि बस्नेतको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार