बंगलादेशसँग नेपालको लगातार दोस्रो हार, उपाधि होडबाट बाहिरियो

काठमाडौं : भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग लगातार दोस्रो हार बेहोरेको छ । योसँगै नेपाल उपाधि होडबाट पनि बाहिरिएको छ ।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार दिउँसो सम्पन्न खेलमा नेपाल ४-१ गोलअन्तरले पराजित भएको हो । बंगलादेशका लागि सोरभी अखण्ड प्रीतिले ह्‍याट्रिक गरिन् ।

Seti Hospital

पहिलो हाफको ३८औं र ४५औं मिनेटमा बंगलादेशले गोल गरेको थियो भने इन्जुरी समयमा नेपालले गोल फर्काएपछि पहिलो हाफ २-१ को अवस्थामा सकिएको थियो ।

दोस्रो हाफमा बंगलादेशले थप २ गोल गर्‍यो । ७३औं मिनेट र ८७औं मिनेटमा बंगलादेशले गोल गर्दै ४-१ को जित निकाल्न सफल भयो ।

नेपाल पहिलो खेलमा भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २-१ गोलअन्तरले हराउँदा तेस्रो खेलमा बंगलादेशसँग ३-० ले पराजित भएको थियो ।

नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी रहेको प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्ने प्रावधान छ ।

नेपालले यसपछि भारत र भुटानसँग खेल्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार