काठमाडौँ : आइतबार सुनको मूल्य एकैपटक तोलामा २ हजार ३०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार मूल्य वृद्धि भएको हो ।
जसअनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सोही सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया दिनुहोस्