हाम्रो भूमिमाथि आँखा लगाउने कुरा स्वीकार्य छैन, नेपालले प्रतिवाद गर्छ : महामन्त्री थापा

काठमाडौँ — कांग्रेस महामन्त्री गगनकुमार थापाले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयलाई घरेलु राजनीतिको विषय बनाउन नहुने बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै महामन्त्री थापाले नेपालको सहभागिताबिना भारत र चीनबीच भएको सहमति स्वीकार्य नहुने भन्दै यस विषय उग्र राष्ट्रवाद देखाउन आवश्यक नरहेको बताएका हुन् । यस विषयमा नेपालका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिएर हाम्रो भूमिमाथि आँखा लगाउने कुरा स्वीकार्य नुहने सन्देश दिनुपर्ने धारणा थापाको छ ।

Seti Hospital

‘यो विषयमा नेपालका सबै राजनीतिक दलहरू एक ठाउँमा आएर उभिनुपर्छ । हिजो पनि उभियौं, आज पनि हामी उभिनुपर्नेछ । म नेपाली कांग्रेसको तर्फबाट सबै दलहरूलाई आग्रह पनि गर्न चाहन्छु, हाम्रा मतान्तर र प्रतिस्पर्धा आफ्नो ठाउँमा छन् । हामी कोही पनि यो विषयलाई घरेलु राजनीतिको विषय नबनाऔं । उग्रराष्ट्रवादी हुनेतर्फ पनि हामी नलागौं । यो विषयमा भारत र चीन दुवैलाई नेपाली राजनीतिक दलहरूले एउटै सन्देश दिनुपर्छ–हाम्रो भूमिमाथि आँखा लगाउनु कुरा हामी कसैलाई पनि स्वीकार्य छैन । नेपालले यसको प्रतिवाद गर्छ । हामीले यस्तो पोजिसन बनाउनुपर्नेछ,’महामन्त्री थापाले भने ।

कांग्रेसकै अर्कामहामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई ६ बुँदे सुझाव पठाएको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार