बर्दघाट नगरमा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई दुर्घटना राहत कोष

परासी — पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विद्यालय तहका विद्यार्थीहरुका लागि दुर्घटना राहत कोष स्थापना गरेको छ । नगरमा संचालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मध्यनजर गर्दै विद्यार्थी राहत कोष स्थापना गरिएको हो । 

विद्यालय समयमा कुनै पनि विद्यार्थीलाई चोटपटक लागेमा, दुर्घटनामा परेमा नगरले नि:शुल्क उपचार गरिदिने छ । विद्यालयको सिफारिसको आधारमा बढीमा एक लाखसम्मको उपचार र सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए ।

Seti Hospital

साथै नगर भित्रका अति विपन्न, ज्येष्ठ नागरिकलाई नगरभित्र रहेका दुईवटा अस्पतालमा स्वास्थ परीक्षण र प्रयोगशाला परीक्षण पनि नि:शुल्क गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्यार्थी राहत कोषका लागि १० लाख र विपन्न उपचार कोषका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार