धान खेतमा मृत भेटियो गैंडा

चितवन — धान खेतमा एउटा भाले गैंडा मृत भेटिएकाे छ। चितवनकाे दक्षिणी क्षेत्र माडी नगरपालिका-२ भैरवपुरमा धान खेतमा करेन्ट लागेर मरेकाे अन्दाजी २० वर्षकाे भाले गैंडा भेटिएकाे चितवन निकुञ्जका सुचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा मगरले जानकारी दिए ।

‘सायद हिजाे राति मरेकाे हुनुपर्छ । हामीलाई आज बुधबार बिहान खबर भयाे। धान खेतमा करेन्ट लागेर मरेकाे छ। कसको खेत हाे ? किन त्यसरी मारियाे हामी साेधखोज गर्दैछाैं,’ सूचना अधिकारी थापा मगरले भने।

Seti Hospital

गैंडाकाे खाग खुर भने सुरक्षित छ। तस्करहरूले गैंडाकाे नाकमाथि हुने सिग जस्ताे अंग खागका लागि गैंडा मार्ने गर्दछन् । तस्करले हाे या धान जाेगाउन गैंडा मारियाे भन्नेबारे अनुशन्धान भइरहेकाे थापा मगरले बताए। खाग तस्कारीका लागिलमात्रै नभएर गैंडालाई कुनै पनि कारणले मार्न कानुनले बन्देज लगाएकाे छ।

गत आर्थिक वर्षमा चितवन निकुञ्ज र यसकाे मध्यवर्ती क्षेत्रमा २८ गैंडा मरेका थिए। चाेरी सिकारीबाट शून्य गैंडा मरेका थिए । गत आर्थिक वर्षमा पनि करेन्ट लागेरएउटा गैंडा मरेकाे निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार