काठमाडौँ : सेयर कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ३२ अंकले बढेको छ । नेप्से विन्दु २ हजार ८ सय ७० दशमलव ९५ विन्दुमा उक्लिएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४४ कम्पनीको मूल्य घट्यो । कुल १ लाख ७८ हजार १७६ पटकको किनबेचबाट ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर खरिदबिक्री भएको छ ।
आइतबार २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । उन्नति सहकार्य लघुवित्त र सान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट ब्रेक लाग्यो ।
प्रतिक्रिया दिनुहोस्