काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँ कायम छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार २२० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्