११ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँ कायम छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार २२० रुपैयाँमा कारोबार भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार