काठमाडौं : पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । उनको शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा निधन भएको हो ।
पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर थिइन् । शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् । उनका दुई छोरी छन् । शर्माको दाहसंस्कार आज गरिने पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्