स्वागत र सम्मानभन्दा पनि आर्थिक सहयोग चाहिएको छ : क्रिकेटर रावल

काठमाडौं : मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप विजेता नेपाली टोलीका खेलाडी सुशील रावलले आफूलाई खादा र प्रमाणपत्रभन्दा आर्थिक सहयोगको आवश्यकता रहेको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै आर्थिक सहयोग चाहिएको बताएका हुन् । बझाङबाट छनोट भई राष्ट्रिय टोलीमा परेका रावल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५, गर्जमुनीमा बसोबास गर्छन्। आज दिउँसो २ बजे काठमाडौंबाट धनगढीको लागि प्रस्थान गर्ने भन्दै उनले सामाजिक सञ्जालमार्फत भावुक अपिल गरेका हुन्।

Seti Hospital

‘स्वागत र सम्मानमा मलाई प्रमाणपत्र र माला होइन, अहिले आर्थिक सहयोग चाहिएको छ’ रावलले भनेका छन्। उनका अनुसार आगामी २–३ महिनाभित्र यू–१९ राष्ट्रिय टोलीको छनोट प्रक्रिया सुरु हुँदैछ र त्यसका लागि भारतमा प्रशिक्षण गर्नुपर्नेछ, जसमा करिब १ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

‘आर्थिक अवस्था कमजोर छ भनेर भन्दा पनि मलाई गारो छैन’ रावलले लेखेका छन्, ‘त्यही भएर मलाई सम्मानको खादा, माला र प्रमाणपत्रभन्दा आर्थिक कुरालाई महत्त्व दिइदिनुहोला।’

उनको यो अपिलसँगै अहिले केहीले व्यक्तिगत रूपमा धेरथोर रकम सहयोग गर्न थालेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पनि विजेता टोलीका हरेकलाई जनही ५० हजार पुरस्कार दिने घोषणा गरिसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार