नेप्से परिसूचक सामान्य अङ्कले घट्यो !

काठमाडौंं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले घटेको छ। कारोबारको अन्त्यसम्म नेप्से ०.१४ अङ्कले घटेर २ हजार ६८३ दशमलव ८६ विन्दुमा पुगेको हो।

सोमबार ३०४ वटा कम्पनीका कूल एक करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर ५६ हजार २७६ पटक खरिदबिक्री भए। कुल कारोबार रकम ६ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ नाघेको छ।

SHIKHAR COOL TECH

समूहगत कारोबारमा आज केही सकारात्मक र केही नकारात्मक उतारचढाव देखिएको छ। विकास बैंक, वित्तीय संस्था, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार समूहमा थोरै वृद्धि देखिएको छ। अन्य समूहहरू भने ओरालो लागेका छन्। बैंकिङ, होटल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूहको उपसूचकमा घटावट आएको हो।

आजको कारोबारमा बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै वृद्धि भएर ८.२१ प्रतिशतले बढ्यो। त्यस्तै, सबैभन्दा धेरै गिरावट भने रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमा देखियो, जसको मूल्य ५.०८ प्रतिशतले घटेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार