जनकपुरमा पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

जनकपुर : धनुषाको जनकपुरमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ। नुहाउने क्रममा आज बिहान उनीहरुको डुबेर मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए। 

SHIKHAR COOL TECH

मंगलबार बिहान पोखरीमा नुहाउन गएका बेला उनीहर डुबेका हुन्। पोखरीबाट निकालेर दुवैलाई उपचारको लागि अस्पताल लगेका थिए। अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्। उनीहरुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार